Thursday, April 14, 2011

दैनिक राशिफल बैशाख २ गते २०६८


मेष राशि 

तपाईँको लागि आजको दिन उत्तम रहनेछ।पुराना साथिसँग भेटघाट हुने सम्भावना छ। नयाँ काम शुरुवात गर्ने योग परेको छ।अध्ययन कार्यमा विशेष रुचि रहला। समाज सेवाको भावना उत्पन्न हुनेछ।

बृष राशि
 धन आर्जन हुने योग परेको छ। पारिवारिक समस्याले सताउन सक्छ।टाउको तथा आँखाको समस्या हुन सक्छ।आर्थिक समस्याले ग्रशित पार्ला।शत्रुहरुको सामना गर्नपर्ने हुनसक्छ।

मिथुन राशि
 तपाईका आजका कामहरु अपूरा रहन सक्छन्।अनावश्यक झमेलामा पर्न सक्नुहुन्छ।तर साथिभाइहरुवाट भने प्रशस्त सहयोग प्राप्त गर्नुहुनेछ।पैसा खर्च हुन सक्छ। पत्नि तथा सन्ततिबाट सहयोग पाउनुहुनेछ।
  
कर्कट राशि
 तपाईँको आजको दिन सुभ रहनेछ।नयाँ कामको शुरुवात हुनेछ।भोज तथा सभा समारोहमा भाग लिने अवसर प्राप्त होला।प्रेमि प्रेमिकाका लागि आजको दिन उत्तम रहनेछ।तपाईलाई मान सम्मान प्राप्त होला।

शिंह राशि
 तपाईँको आज तनावपूर्ण रहनेछ।मनमा अनेक किसिमका कुराहरु खेलिरहनेछन्। अनावश्यक किसिमका समस्याहरु आउन सक्छ। व्यपार व्यवसायमा कठिनाई उत्पन्न हुनसक्छ। तर मिठान्न भोजन प्राप्त हुने योग छ।

कन्या राशि
 तपाईको आजको दिन प्रसन्नता तथा हर्षका साथ बित्तेछ। नयाँ शुभ समाचार सुन्न पाउनुहोला। परिवारबाट पनि त्यति धेरै सन्तोष प्राप्त नहोला।आजको दिनमा कम खर्च हुने तथा बचत धेरै हुन सक्नेछ।

तुला राशि
 तपाईको दिनको व्यस्तताका साथ बित्नेछ। पारिवारिक सुखशान्ति प्राप्त हुनेछ। सामाजिक भलाईमा ध्यान जाला। नजिकमा मानिससँग सतर्क रहनुहोला। शत्रु बलबान् हुन सक्छन्।नयाँ मित्र भेट्ने योग छ।

बृश्चिक राशि
 तपाईको आजको दिन मध्यम रहनेछ। नयाँ स्थानको भ्रमण गर्ने अवसर प्राप्त हुनसक्छ। आफन्तजन सँग भेटघाट हुन सक्नेछ।मित्रजनको सहयोग प्रान्त होला। तर अनावश्यक रुपले पैसा खर्च हुन सक्छ। खानपिनमा सजग रहनुहोला।

धन राशि
 तपाईँको आज चिन्ताका साथ बित्नेछ।अनावश्यक सोचाईमा समय व्यतित होला। मित्रजनबाट पनि सहयोग प्राप्त नहुन सक्छ।शत्रुहरुको सामना गर्नपर्ला।अध्ययन अध्यापनमा ध्यान नजान सक्छ। खानपिनमा ध्यान दिनुहोला।

मकर राशि
सृजनशिल कार्यमा तपाईको ध्यान जानेछ।अध्ययनमा विशेष अभिरुचि रहला। मित्रजनबाट अपहेलना आउन सक्छ।शत्रुदेखि विशेष सावधान रहनुहोला।नयाँ सामान किनमेल गर्ने वा नयाँ कार्यको प्रारम्भ गर्ने दिन रहनेछ।

कुम्भ राशि
 प्रसस्त धन प्राप्त हुनेछ।नयाँ स्थानको भ्रमण गर्ने अवसर प्राप्त होला। पारिवारिक समस्याले सताउन सक्छ।मानसिक पिडाको शिकार बन्नुहोला। सभा समारोहमा भाग लिने अवसर प्राप्त हुनेछ।स्वाथ्यमा समस्या आउन सक्छ।

मीन राशि
 तपाईको मन अशान्त हुनसक्छ।अध्ययन तथा व्यासायमा त्यति समय दिन सक्नुहुनेछैन। थकाईको महशुस होला।पुराना मित्रहरुलाई भेट्ने अवसर मिल्नेछ।परिवारबाट भने यषेष्ट साथ पाउनुहुनेछ। 
                                                                  -रामहरी शास्त्री

2 comments:

Rajendra Prasad Dahal said...

guru yo ज्योतिष परामर्श सेवा ke ke ko ज्योतिष परामर्श dena saknu huncha , den dasa pani hernu hunhca ????????????

ज्योतिष परामर्श सेवा said...

तपाईँको जन्म मिति ईमेल मार्फत पठाउन सक्नुहुन्छ।

Post a Comment