Thursday, May 5, 2011

साप्ताहिक राशिफल ७ मे देखि १३ मे सम्म

साप्ताहिक राशिफल (७ मे २०११ देखि १३ मे २०११  )
मेष राशि 
यो साता तपाईँको लागि लाभप्रदायक हुनेछ।मित्रजनबाट सहयोग प्राप्त हुनेछ।नयाँ स्थानको भ्रमण हुने सम्भावना छ।मनमा प्रशन्नता बढ्नेछ।परिवारका सदस्यहरुबाट प्रचूर मात्राका माया प्राप्त गर्नुहोला।सभा समारोहमा सहभागि हुने अवसर मिल्नेछ। शाररीक रुपले तपाईँमा कुने समस्या हुने नभएतापनि मानसिक रुपले तनाव सृजना हुनसक्नेछ।यो हप्ता तपाईलाई आर्थिक लाभ प्राप्त हुन सक्नेछ।

बृष राशि

तपाईँको लागि यो साता मध्यम किसिमको हुनेछ।पर्याप्त मात्रामा धन लाभ भएतापनि खर्च कम हुनेछैन।आफूले विश्वास गरेका मानिसहरबाट धोका हुनसक्छ।अध्ययन अध्यापनमा विशेष रुचि बढ्नेछ।सृजनात्मक विषयमा तपाईँको ध्यान जानेछ।कुरा काट्नेहरु प्रसस्त हुनेछन्।काम गर्ने जोश जाँगरमा बृद्धि हुनेछ।प्रेममा सकारात्मक संकेतहरु देखा पर्नेछन्।भ्रमणको अवसर प्राप्त हुनसक्छ।

मिथुन

यो हप्ता तपाईको मन अशान्त हुनसक्छ।अध्ययन तथा व्यासायमा समय वित्नेछ।मनग्य धन आर्जन हुनसक्ने सम्भावना छ।थकाईको महशुस होला।पुराना मित्रहरुलाई भेट्ने अवसर मिल्नेछ।परिवारबाट भने यषेष्ट साथ पाउनुहुनेछ तर मित्रजनबाट भने आशातित सहयोग पाउन कठिनाई हुनेछ।शरिरमा चोट पटक लाग्न सक्नेछ।नयाँ कार्यको थालनी हुने सम्भावना रहेको छ।सामाजिक सेवामा ध्यान जानेछ।

कर्कट

तपाईको यो हप्ता व्यस्तताका साथ बित्नेछ।विभिन्न समस्याहरु आउन सक्नेछन्।तर पारिवारिक सुख शान्ति प्राप्त हुनेछ। सामाजिक भलाईमा ध्यान जाला।मान सम्मान ग्रहण गर्ने सुअवसर प्राप्त हुन सक्नेछ।अनावश्यक रुपले पैसा खर्च हुनसक्छ। तपाईलाई विवादमा तान्ने प्रयाश हुनसक्छ।नशा सम्बन्धि समस्याले ग्रशित पार्न सक्छ र शत्रु बलबान् हुन सक्छन्।नयाँ मित्र भेट्ने योग छ।

शिंह

तपाईको यो हप्ता सुखद रहनेछ।धन सम्पति प्राप्त हुनसक्छ। अध्ययनमा विषेश ध्यान जाला। व्यपार व्यवसाय मध्यम रहनेछ।आफन्तजनबाट सहयोग प्रान्त होला।मेवा मिठान्न भोजन प्राप्त हुने योग छ।प्रेममा वाधा उत्पन्न हुनसक्छ।अध्ययन अध्यापनमा सोचे अनुसारको उपलब्धि प्राप्त नहुन सक्छ तर सृजनात्मक कार्यमा भने विशेष अभिरुचि बढ्नेछ।तपाईँ माथि रिस गर्ने  मानिसहरु बढ्नेछन्।

कन्या
तपाईको यो हप्ता उपलब्धिमुलक बन्नेछ।मित्रजनबाट सहयोग प्राप्त होला।अध्ययन अध्यापनमा सफलता प्राप्त होला। व्यापार व्यवसायका उल्लेख्य फाईदा हुने योग छ।सामाजिक कार्यका समावेश हुने अवसर प्राप्त होला।नयाँ कामको थालनी गर्न सक्नुहुन्छ।मनोरञ्जनात्मक काममा रुचि जाने छैन।मानसिक रुपले पिडाको अनुभव हुनसक्छ।तपाईको सामाजिक मर्यादा बढ्नेछ।

तुला

तपाईको मनमा अनावश्यक रुपले कुराहरु खेल्नेछन्।आम्दानीको मार्गमा केही कठिनाईहरु उत्पन्न हुन सक्नेछ।साथि भाइहरुवाट मनग्य रुपले सहयोग पाउन कठिनाइ हुनसक्नेछ। परिवारबाट भने भरपुर सहयोग र माया पाउनुहुनेछ।शत्रुहरुले हानि पुर्याउन सक्ने छैनन्।अरुको सेवामा ध्यान जानेछ।सामाजिक रुपले तपाईंको प्रतिष्ठा बढ्नु्का साथसाथै उचित सम्मान पाउन सक्नुहुनेछ।


बृश्चिक राशि

तपाईँको यो हप्ता राम्रो रहनेछ।नयाँ बस्तु खरिद बिक्रि हुन सक्छ।नयाँ सम्बन्धको सुरुवात हुने योग छ।अरुको सहयोगमा सफलता हात लाग्नेछ।शत्रुहरुको मनोबल कमजोर हुनेछ।उत्साहजनक रुपले समय वित्नेछ।ब्यक्तिगत काममा कठिनाई उत्पन्न भएतापनि सवैको सहयोग प्राप्त होला।अनाबश्यकरुपले धन सम्पत्ति खर्च हुनसक्छ।शारिरमा आलश्यता उत्पन्न नहोला भन्न सकिन्न।

धन राशि

यो साता मध्यम किसिमको हुनेछ।मनमा अनावश्यक कुराहरु आउन सक्छ। आय आर्जन राम्रो हुनेछ।परिवारका सदस्यहरुवाट सहयोग प्राप्त हुनेछ। नयाँ काममा संलग्न हुने अबसर प्राप्त होला।तर शत्रुहरुको भने सामना सामना  गर्नपर्ले हुनसक्छ।अध्ययन अध्यापनमा ध्यान कम जानेछ। स्वाथ्यमा स-सानो समस्या देखिन सक्छ।प्रेमका तपाईँलाई सफलता प्राप्त हुनेछ।

मकर राशि
यो साता धन आर्जन हुने योग परेको छ।नयाँ ठाउँमा जाने अवसर मिल्न सक्नेछ। तर पारिवारिक समस्याले सताउन सक्छ।टाउको तथा आँखाको समस्या हुन सक्छ।शत्रुहरुको सामना गर्नपर्ने हुनसक्छ।बोलचालमा विचार पुर्याउनुहोला।नोकरीमा समस्या आउन सक्छ।सानो कामको लागि समेत धेरै मेहनत गर्नुपर्ने हुनसक्छ।तपाईंका प्रशंसकहरु बढ्नेछन्।


कुम्भ राशि  
तपाईको मन अशान्त हुनसक्छ।अध्ययन तथा व्यासायमा त्यति समय दिन सक्नुहुनेछैन। थकाईको महशुस हुनसक्छ।पुराना मित्रहरुलाई भेट्ने अवसर मिल्नेछ।परिवारबाट भने यषेष्ट साथ पाउनुहुनेछ। प्रेममा सफलता प्राप्ति होला।नयाँ कामको सुरुवात गर्ने अवसर प्राप्त होला।आफ्नै सहयोगीहरुको आलोचना खप्नपर्ने हुनसक्छ।सामाजिक कार्यका योगदान गर्ने अवसर प्राप्त होला।


मीन राशि

यो हप्ता सामान्य रहनेछ। धन आर्जन हुने योग छ।नयाँ स्थानको भ्रमण गर्ने अवसर प्राप्त होला। पारिवारिक समस्याले सताउन सक्छ।मानसिक पिडाको शिकार बन्नुहोला। सभा समारोहमा भाग लिने अवसर प्राप्त हुनेछ।ब्यापार तथा नोकरी मध्यम किसिमको रहनेछ।असल मानिसहरुलाई भेट्ने अवसर प्राप्त होला।प्रेम सम्बन्धमा कुनै प्रगति हुनेछैन।मानसिक शान्ति प्राप्त होला।
                                                                                                                         -रामहरी शास्त्री

0 comments:

Post a Comment