Saturday, May 21, 2011

धार्मिक अनुष्ठान तथा कर्मकाण्डीय पूजा विधिहरु


१. सत्यनारायण पूजा



हिन्दू धर्म ग्रन्थहरुमा उल्लेख भए अनुसार अनेकौं किसिमका जीवन पश्चात हामीले यो चेतनशील प्राणीको रुपमा यो जीवन पाएका छौं। हाम्रा क्रियाकलापहरु पुर्वजुनिमा गरेको सद्कर्म वा कुकर्मद्वारा निर्देशित भैरहेका हुन्छन्। अत यस अस्थायी जिवनमा हामी जे गर्छौं, त्यसको फल जिवनको उत्तरार्धमा वा अर्को जुनिमा प्राप्त हुन्छ। त्यसैले हामीले ज्ञान वा अज्ञानबस गरेका कुकर्महरुबाट मुक्ति पाइयोस्, शुख शान्ति , ऐश्वर्यका साथ सद्गतिमा प्राप्त होस् भन्नका लागि सत्यनारायणको पुजा गरीन्छ।

यस पुजामा सत्यनारायण र देवी रमाको पुजा गरीन्छ।

पुजाको प्रकृया

  • दिप स्थापना
  • गणेश पुजा
  • नवग्रण पुजा
  • ब्राम्हण बरण
  • सत्यनारायण पुजा
  • सत्यनारायण कथा बाचन
  • आरति तथा पुष्पाञ्जलि
  • प्रसाद वितरण
सत्यनारायण पुजा लगाउने धरमा ब्रतालुहरुले मनमा प्रसन्नता धारण गरी स्नानादि नित्य कर्म गर्नु। घर लिपपोत तथा पवित्र पार्नु। गहुँतपानी अथवा सुन पानी छर्केर घर पवित्र पार्नु पर्दछ।

सत्य नारायणको पूजाको लागि पूर्व तर्फ फर्कनु अति उत्तम हुन्छ। घिउ अथवा तेलमा भिजाएको बत्ति एउटा दियोमा राखेर पूर्वतर्फ राख्नु पर्दछ। बत्तिको बायाँ क्रमश गणेश र २ वटा कलश स्थापना गर्नुपर्दछ जसमध्ये एउटामा नव ग्रहको पुजा गरिन्छ भने अर्कोमा सत्य नारायणको पुजा गरिन्छ।




गणेश पुजा सामाग्री

पुजाको सामाग्रिहरु - जौ तिल अविर अक्षता धुप बत्ति नैवेद्य दक्षिणा दुबो २१ सुते बत्ति ९ जोर ११ वटा लड्डु कुश जनै सुपारी पञ्चामृत पान रातो कपडा आदि।

नव ग्रह पुजा
पुजाको सामाग्री पञ्चपल्लव, पन्चरत्न कलशको मुखमा बाँध्ने रातो सेतो कपडा सर्स्यूँ विभिन्न रङका कपडाहरु विभिन्न कसिमका फुलहरु रक्षाबन्धन को धागो।

पुजाको सामाग्री अबिर केशरी जौ तिल अक्षता फूलमाला नैबेद्य अपूङ्गो मालभोग पिठोलाई दुधमा पकाएको कुश जनै सुपारी पान पन्चपल्लव रातो सेतो कपडा , पहेँलो कपडा सौभाग्य सामाग्री अपुङ्गो मनभोग भित्र जल भएको नरिवल पान जनै पारफ्यूम सत्यनारायणको लागि फलफूद्य नैबेद्य तुलसीपत्र निराजनको लागि बत्ति ।
ब्राम्हण बरणको सामान ईच्छाधिन ( नेपालमा ब्राम्हणलाई टिका लगाएर बस्त्रादि दिने चलन छ)

पुजा पश्चात कथा श्रवण , आरति तथा पुष्पाञ्जली।

आरति गायन
ओम जय जगदिश हरे स्वामी जय जगदिश हरे ।
भक्त जनों के संकट, दासजनो कें संकट क्षण में दूर करे ॥
जो ध्यावे फल पावे दुख विनसे मनका । स्वामी दुख विनसे मनका ।
सुख संपति घर आवे, कष्ट मिटे तनका ॥ ओम. ॥१॥
माता पिता तुम मेरे शरण पडूं मैं किसकी । स्वामी शरण पडूं मैं किसकी ।
तुम बिन और न दुजा । दीनप्रभो और न दुजा आस करु किसकी ।
तुम पूरण-परमात्मा तुम अंतर्यामी । स्वामी तुम अंतर्यामी ।
परब्रह्म परमेश्वर तुम सेवक-स्वामी ॥ ओम्‌ ॥ २ ॥
तुम करुणाके सागर तुम पालन करता ॥ स्वामी तुम पालन करता ।
मैं मूरख फलकामी मै सेवक तुम स्वामी । कृपा करो स्वामी ।
विषयविकार मिटाओ पाप हरो देवा । स्वामी पाप हरो देवा ।
श्रद्धा भक्ति बढाओ संतनकी सेवा ॥ ओम्‍् ॥३ ॥
तनमनधन है तेरा स्वामी सबकुछ है तेरा । तेरा तुझको अर्पण क्या लागे मेरा ॥ ओम ॥ ४ ॥
दिनबंधु दुखहरता तुम ठाकुर मेरे ॥ स्वामी तुम रक्षक मेरे ।
अपने हात उठाओ अपनी शरण बिठाओ द्वार खडा तेरे ॥ ओम. ॥ ५ ॥



रुद्री पुजा

पहेलो कपडा शिवजीको लागि, रातो कपडा पार्वतीको लागि , सिन्दुर आदि सौभाग्य सामाग्री पार्वतीको लागि, बेलपत्र, दूवो, कर्पूर, राम्रो जनै ( नियम पुर्वक बनाईएको असनमा नै पाईन्छ ) कपडा र सौभाग्य सामाग्री राम्रो किसिको किने पनि हुन्छ किनकि चढाएर लामो प्रसादको रुपमा आफूले लगाउन सकिन्छ।
५ दुवो फुलमाला पन्चरत्न पन्चपल्लव सप्तमृतिका सम्भव भए ( नेपालमा असनमा पाईन्छ) जटावाला नरिवल १ बटा ६नरिवल २ बटा अर्घ त्रिखुट्टी दुध दहि ध्यू मह चिनि मिसिएको पन्चामृत । प्लास्टिका साना प्लेटहरु स साना ।
८ रक्षा बन्धन धागो
९ ब्राम्हण बरणको सामान ईच्छाधिन ( नेपालमा ब्राम्हणलाई टिका लगाएर कपडा दिने चलन छ)
मुख्य सामानहरु यिनै हुन् ।


सत्यनारायणको लागि माथिका बाहेक चाहिने सामाग्रीहरु
१ सत्यनारायणलाई चढाउने कपडा चढाएर आफैले लगाउन पनि सकिन्छ।
२ नरिवल तुलसिपत्र जनै पान
३ फलफूल नैवेद्य आदि ईच्छाअनुसार।

0 comments:

Post a Comment