मेष
यो राशीलाई यो बर्ष ग्रह गोचरले साथ दिनेछ । बर्षको आरम्भ राम्रो नरहे पनि बैशाख २२ पछि गुरु अनुकूल हुने भएकोले बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । सन्तान प्राप्तीको सम्भावना छ । बैदेशिक कार्यहरु सकारात्मक रहनेछन् । स्वास्थ्यमा संकंट आउने संभावना भएकोले खानपानमा बर्ष भरिनै वीचार पु¥याउनुपर्ला । आर्थिक कारोबार मा अघि नबढ्नु उचित हुनेछ । नोकरिमा स्थानान्तरणको योग भएपनि राम्रो पक्षमा हुनेछ । राजनीतिमा सफलता पाउन कसरत गर्नु परेपनि अन्ततः आफ्नोे लक्ष पुरा हुनेछ । प्रेम गर्नेहरु दाम्पत्य जीवनमा प्रवेश गर्नेछन् । धार्मिक कार्यमा रुचि बढ्नेछ । सामाजिक कार्यमा पदक पाउने योग छ । भाग्यले साथ दिनेछ । नवीन कार्यहरु पनि आरम्भ हुनेछन् । अरुको विश्वास आफुतिर बढ्नेछ । उद्योगि हरुको लागि बर्ष राम्रोछ । लेखन कार्यमा लाग्ने हरुले राम्रै उन्नति गर्नेछन् । आयात निर्यात गर्नेहरुको लागि तथा कुटनैतिक व्यक्तित्वहरुको लागि भने समय पौष पश्चात मात्र राम्रो रहनेछ । आषाढ, भाद्र, आश्विन, माघ तथा फाल्गुन महीनामा धेरै कामहरु बन्नेछन् । नयाँ कामको लागि यी महीनाहरु शुभ रहनेछन् । घर जग्गा र सवारीसाधन जोड्ने योग छ । मित्रहरुको भरोषा कमै गर्नु होला, काम गर्दा आफैले प्रयास गर्नु उचित होला, गोपनीयतामा जोड दिनुहोला, मंसिर महीना र चैत्र महीनामा महत्वपूर्ण काम नगर्नु होला अन्य महीना मध्यम रहनेछन् ।।
बृष
यो बर्षको ग्रहगोचर मध्यम रहनेछ । बर्ष आरम्भ काल राम्रो भएकोले धेरै कुरामा सफलता पाउने योग भएपनि उतारचढाव को कमि हुनेछैन । बैशाख २२ गतेबाट गुरु प्रतिकूल हुने भएकोले खर्च निकै बढ्नेछ । अनावश्यक झन्झट पनि आउन सक्छ । ज्येष्ठ १० गतेबाट राहु बृश्चिक राशीमा सर्ने भएकोले आफ्नो श्वास्थ्यमा सुधार आएपनि पति वा पत्नीलाई भने रोग बढ्नेछ । घर जग्गा जोढ्ने र व्यवसाय बाट लाभ पाउने तथा धार्मिक कार्यमा सफलता पाउने, तिर्थ यात्रा र विदेश यात्राको योग छ । विवाद बढ्ने योग भएपनि अन्त्यम जित तपाइँकै हुनेछ । मित्रताको संवन्ध लाइ आर्थिक पक्षले कमजोर बनाउनेछ । पिता पुत्र वीच संवन्ध कमजोर बन्ने छ । राजनीतिमा सफलता पाउन ठूलै प्रयास गर्नु पर्नेछ । शत्रुले राजनैतिक छवि बिगार्ने प्रयास निकै गर्नेछन् । काममा तगारो लगाउनेहरु धेरै भएकोले सजगता बर्ष भरिनै अपनाउनु पर्ला । प्रेम वियोग हुने बलियो सम्भावना छ । पति पत्नी वीच विवाद चर्कनेछ । संयम नभए विछोड पनि हुन सक्छ । भाग्य कमजोर भएकोले कर्ममा जोड दिनु उचित हुनेछ । श्रावण, कार्तिक, फाल्गुन र चैत्र महीना राम्रो भएकोले महत्वपूर्ण कामहरु सबै यसैवेला गर्नु भएमा सफलता धेरै मिल्नेछ । बैशाख, आषाढ, भाद्र तथा पौषमा जरुरि बाहेक अन्य कार्य नगर्नु उचित हुनेछ । शत्रु पराजय हुनेर धन आर्जन हुने योग भएपनि प्रसस्त झन्झट को सामना गर्नु पर्नेछ ।।
मिथुन
बर्ष आरम्भको ग्रह गोचर राम्रो नभए पनि उत्तराद्र्धमा ग्रहले साथ दिनेछ । अढैया शनिको प्रभाव यसैबर्ष कार्तिक २८ गते सकिदैछ । गुरुको अनुकूल प्रभाव बैशाख २२ गते देखिनै शुरु हुनेछ । आम्दानि का मार्ग हरु प्रसस्तै फेला पर्नेछन् । मानसम्मान पनि पाउने योग छ । पढाइ लेखाइमा सोचेभन्दा बढि लाभ मिल्नेछ । पुत्र प्राप्तीको योग पनि यो बर्ष परेको छ । छात्रवृत्ति पनि पाउने सम्भावना छ । नोकरीमा लाभ पाउने र चाहेको स्थानमा सरुवा साथै बढुवा पनि हुने योग छ । राजनीतिमा गुमेको स्थान फर्काउन प्रयास गरे सम्भब हुनेछ । व्यापार व्यवसाय बाट राम्रो उन्नति हुनेछ । यात्रा रमाइलो हुनेछ । प्रेममा सफलता सहजै मिल्नेछ । वैवाहिक बन्धनमा पनि बाँधिने योग छ । टाढिएका मित्र तथा परिबार छन् भने मार्ग महिना पछि अवस्य पुनर्मिलन हुनेछ । साहित्य कला र गीत संगीतमा लागेकाहरुले पदक पाउने छन् । सामाजिक कार्यमा रुचि बढ्नुको साथै सफलता सोचे जस्तै मिल्नेछ । आयात निर्यात गर्ने र अन्य बैदेशिक कार्य गर्नेले राम्रो सफलता हसिल गर्नेछन् । घर जग्गा जोड्ने र सवारीसाधन जोड्ने प्रयासमा हुनुहुन्छ भने यो बर्ष सहज हुनेछ । बैशाख, भाद्र, मार्ग र चैत्र महीना बर्षका शुभ हुन् । महत्वपूर्ण कार्यहरु यिनै महीनामा गरेको खण्डमा सफलता धेरै मिल्नेछ । ज्येष्ठ, आश्विन तथा माघ महीना अशुभ रहेकोले अत्यन्त जरुरि बाहोकका कार्यहरुमा अघि नबढ्नु उचित हुनेछ । शत्रु पराजय हुनेछन् मित्रहरुको सहयोग राम्रो मिल्नेछ ।।
कर्कट
यस बर्षका ग्रह गोचर हरु कार्तिक महीना सम्म राम्रो रहनेछ । बर्षको आरम्भमा गुरु, शनि र राहु समेत अनुकूल रहने हुँदा प्रतिस्पर्धामा बर्ष भरिनै सफलता पाउनुहोला । शरीरमा स्फुर्ति बढ्नेछ । एैतिहासिक कार्यहरु धेरै गर्न सकिनेछ । आम्दानिका श्रोत हरु चौतर्फि जुट्नेछन् । घरेलु कार्यमा रुचि बढ्नेछ । विमुख भएका मित्र हरुबाट क्षमायाचना सहित पुनर्मिलनको योग छ । शत्रु पाराजित हुनेछन् । मन प्रसन्न रहनेछ । तपाईको प्रस्तुति बर्ष भरनै राम्रो रहनेछ । अरुलाई विश्वास दिलाउने कुरामा सफल हुनुहुनेछ । पाढाइमा पनि राम्रै सफलता मिल्नेछ । राजनीतिमा गरेका प्रयास हरु बर्ष भरनै सकारात्मक रहनेछन् । ठोस पदार्थ हरुमा लगानी गर्नु उचित हुनेछ । जग्गा जमीन जोड्ने योग पनि छ । आयात निर्यातमा राम्रै सफलता मिल्नेछ । यात्रामा लाभ पाउने योग छ । बैदेशिक कार्य फलदायी रहनेछ । सन्तानहरु बाट राम्रो काम हुने भएको खुसि प्रकट हुनेछ । बौद्दिक कार्यहरुमा अग्रस्थान प्राप्त हुनेछ । प्रेमको यात्राले वैवाहिक मार्गलाइ अंगाल्नेछ । बैशाख, ज्येष्ठ, आश्विन तथा पौष महीनामा गरेका कार्यले उच्च स्थान र सम्मान दिएपनि आषाढ, कार्तिका र फाल्गुन महीनामा गरेका कामले अपजस दिने भएकोले काम गर्दा समयको बिचार गर्नु उचित हुनेछ । मार्ग महीना बाट अढैया शनि आरम्भ हुने भएकोले महत्वपूर्ण काम हरु आश्विन भित्रै गर्दा धेरै सफलता पाउन सकिन्छ ।।
शिंह
ग्रह गोचर राम्रा छन् । आराम्भ काल प्रतिकूल रहे पनि बैशाख २२ गते पछि ग्रहले पूर्ण रुपमा साथ दिनेछ । नसोचेका काममा समेत सफलता पाउनुहोला । शनि साँढेसातको अन्त्य पनि यसैबर्ष मार्ग महीना देखि हुनेभएकोले सबै समस्याहरुबाट मुक्ति मिल्नेछ । भाग्य भावमा गुरुको प्रबेश हुने भएकोले आँटे सोचेका सबै कार्यमा एैतिहासीक सफलता पाउनुहोला । मन प्रसन्न रहनेछ । धन प्रसस्त कमाउने अवसर मिल्नेछ । व्यपारमा सफलता सोचे भन्दा बढि पाउनुहोला । पढाइमा छात्रवृत्ति पाउने योग छ । सोच्ने शक्ति तिव्र हुनेछ । धेरैले प्रसंशा गर्नेछन् । राष्ट्रिय अन्तराष्ट्रिमा बौद्धिक कार्य सञ्चालन गर्ने अवसर मिल्नेछ । राजनीतिमा गुमेको स्थान पाउने योग छ । राज्यले महत्वपूर्ण स्थानको जिम्मा दिनेछ । शत्रु पराजय हुनेछन् । मित्रहरुबाट राम्रो सहयोग पाउनुहोल । भएकाले सन्तानबाट सहयोग र नहुनेले नव सन्तान प्राप्त गर्ने योग छ । प्रेममा सफलता मिल्नुको साथै वैवाहिक बन्धनमा समेत बाँधिने योग छ । जोस र जाँगर बढ्नेछ । तपाइँको लगनशीलता र इमान्दारीताको चर्चा धेरैले गर्नेछन् । धार्मिक कार्यहरुमा संलग्न भइ प्रसंशा पाउनुहुनेछ । तिर्थयात्राको पनि संभावना छ । लेख रचनामा लागेकाले पुरस्कार पाउनेछन् । ज्येष्ठ, आषाढ, कार्तिक तथा माघ महीनामा गरेका कार्यहरु बढि फलदायी हुने भएकोले महत्वपूर्ण कार्य हरुलाई यसै बेला जोड दिनुहोला । समय राम्रो भएपनि श्रावण तथा चैत्रमा काम गर्दा निकै बिचार पु¥याउनु पर्नेछ ।।
कन्या
यो बर्षको ग्रह गोचर राम्रो छैन, सबैतिरबाट तिरस्कृत हुनुपर्नेछ । शनि साँढेसातको प्रभाव बढेको छ । बर्ष भरिनै विवाद को सामना गर्नु पर्नेछ । धनमाल हराउन सक्ने छ । सानो कार्यलाई पनि सफल बनाउन गा¥हो पर्नेछ । कुरा काट्नेहरु सक्रिय हुनेछन् । झुठा आरोपमा फसाउने प्रयास शत्रुले गर्नेछन् । स्वास्थ्य निकै कमजोर रहनेछ । लेनदेनमा विवादको सामना गर्नुपर्ला । विश्वास गरेकाले धोका दिनेछन् । परिवारजन हरुको असहयोगले अप्ठ्यारोमा पार्नेछ । मित्र बनेर धोका दिनेहरु प्रसस्तै हुनेछन् । अनावश्यक खर्चले चिन्तित बनाउनेछ । प्रेममा ग्रहण लाग्नेछ । पति पत्नी वीचमा विवाद सिर्जना हुनेछ । यात्रामा संकट आउनेछ । पढाइमा पनि खासै प्रगतिको लक्षण देखिन्न । मुद्दामामला को पनि प्रवल सम्भावना रहकोछ । अरुले गरेको गलत कार्यको दोष तपाइँमाथि आउन सक्छ । धातु रोग ले सताउन सक्ने भएकोले खान पानमा बिचार गर्नु जरुरि छ । सन्तानहरुको समस्यले चिन्ता बढाउनेछ । निद्रा पनि राम्रो पर्नेछैन । अरुको काममै समय खर्च गर्नु पर्दा आफ्ना कामहरु अधुरै रहनेछन् । नोकारीमा समस्या प्रसस्त आउनेछन् । राजनीतिमा आफुले गरेको लगानीले अरुलाइ फाइदा हुन सक्ने भएकोले सोच्नु पर्नेछ । व्यापारमा पटक्कै लाभ मिल्नेछैन । आषाढ, श्रबण, मार्ग तथा फाल्गुन महीनामा प्रयास गर्दा केहि सफलता प्राप्त भएपनि बैशाख, भाद्र तथा पौष महीनामा निकै समस्याहरु आउनेछन् । काम गर्दा बर्ष भरिनै बिचार गर्नु जरुरि छ । घर जग्गा जोड्ने लक्ष्य भए त्यो अनुकूल रहनेछ ।।
तुला
बर्षको ग्रह गोचर आशाप्रद छन् । प्रयास गर्दा धेरै कुरामा सफलता पाउने योग छ । राहु प्रतिकूल भएकोले बोल्दा बिचार पु¥याउनु पर्ला । गुरुको अनुकूलताले व्यापारमा र यात्रामा सकारात्मक प्रभाव रहनेछ । शत्रु पराजय हुनेछन् । मित्रहरुको सहयोगमा मार्ग महीनादेखि मात्र सुधार आउनेछ । पराक्रम बढ्ने र रोकिएका कामहरु बन्ने छन् । अरुलाई विश्वासमा लिन सकिनेछ । आम्दानिका श्रोत फराकिला हुनेछन् । बौद्दिक कार्यमा क्रमसः सुधार आउनेछ । पढाइमा प्रयास गर्दा राम्रै सफलता हाँसिल गर्न सकिनेछ । देश विदेशको यात्रा हुनेछ । भइरहेको प्रेम गाढा हुने र नयाँ प्रेमको बन्धन बाँधिने योग छ । पति पत्नी वीचको सम्बन्ध राम्रो हुनेछ । तपाइँको लगनशीलता र इमान्दारिताको प्रसंसा ठुला व्यक्तिहरुले गर्नेछन् । छोरी चेलीको सफलता सहयोग राम्रो रहनेछ । नोकरीमा प्रतिस्पर्धा गर्नु परे पनि सफलता सोचे जस्तै मिल्नेछ । राजनीतिमा उतारचढाव आएपनि आफ्नो लक्ष पुर्ण हुनेछ । केहि मित्रहरु टेढिए पनि धेरै मित्रहरु सहयोगी हुनेछन् । श्रावण, भाद्र, पौष तथा चैत्र महीनामा गरेका कार्य हरु फलदायी रहने भएकोले महत्वपूर्ण कार्यहरु यतिबेलानै गर्नु उचित हुनेछ । ज्येष्ठ, आश्विन र माघमा कार्य गर्दा बिचार गर्नु पर्नेछ । जोर्नि दुखाइ बर्ष भर हुने भएकोले चिसो देखि टाढा रहनु उचित हुनेछ । खर्च बढ्ने क्रम पौष महीनाबाट मात्र घट्नेछ ।
बृश्चिक
यस बर्षको ग्रह गोचर मध्यम रहनेछ । आरम्भ को समय अनुकूल रहनेछ । आम्दानि प्रसस्तै हुनेछ तथा मान सम्मान पनि मिल्नेछ । बोलीको प्रभाव बर्ष भर राम्रो रहनेछ । नोकरीमा सामान्य समस्या आएपनि निरन्तरको प्रयासले आफ्नो लक्ष पुरा गर्न सकिनेछ । पराक्रम आश्विन सम्म बढ्नेछ । धेरै कामहरु बन्नेछन् । व्यापारमा प्रयास गर्दा सफलता पाउन सकिनेछ । यात्रामा सानातिना उल्झन आएपनि गन्तव्य सम्म पुग्न सकिनेछ । पढाइमा सफलता पाउन अलि कसरत गर्नुपर्नेछ । भाग्य बलियो छ । धर्ममा रुचि बढ्नेछ । राजनीतिमा उतार चढाप आएपनि आफ्नो स्थान सुरक्षित रहनेछ । मार्ग महीनाबाट शनि साँढेसातले प्रवेश गर्ने तथा गुरु षष्ठम भाबमा जाने भएकोले समय प्रतिकूल हुने र स्वास्थ्य निकै कमजोर हुनेछ । शत्रुले खैरो खन्नेछन् । मन चञ्चल हुनेछ । पढाइमा ह्रास आउनेछ । बुद्धि ले समयमा काम नगरेर आफैले गरेका काममा समेत समस्या आउनेछ । राम्रै बोल्दा पनि अर्थ नराम्रो लाग्नेछ । मुद्दा मामलाको अनावस्यक सामना गर्नु पर्नेछ । मित्र हरुले धोका दिनेछन् । परिवारजनहरुको गुनासो बढ्नेछ । बसाइँ सराइको समेत सम्भावना रहनेछ । वायु विकारले तनाव सिर्जना हुनेछ । प्रेममा खटपट पति पत्नी वीचविवाद सिर्जना हुनेछ । महत्वपूर्ण कार्य बैशाख, भाद्र, आश्विन तथा माघ महीनमा जोड दिनुहोला । कार्तिक, आषाढ र फाल्गुन महीनमा अत्यन्त आवश्यक र पुराना कार्य हरुलाई मात्र निरन्तरता दिनुहोला । हडबढ गर्ने बानिले गढबड हुन सक्ने भएकोले काम गर्दा धैर्यता अपनाउनु जरुरि छ ।।
धन
ग्रह गोचरले बर्ष भरिनै साथ दिनेछ । गरेका कार्यहरु बाट सन्तुष्टि पनि मिल्नेछ । अरुबाट प्रशंसा पनि पाउनुहोला । व्यापार व्यबसाय बाट सफलता पाउनुहोला । पराक्रम प्रशस्त मात्रामा बढ्नेछ । महत्वपूर्ण काम हरु धेरै बन्नेछन् । अरुको विश्वास जित्न सकिनेछ । पदक प्राप्तीको योग पनि छ । नोकरीमा पदोन्नति पनि हुनेछ । एैतिहाँसिक कार्यहरु गर्ने अवसर मिल्नेछ । आम्दानिका श्रोत हरु प्रसस्त जुट्नेछन् । पढाइमा राम्रो उन्नति हुनेछ । बोलेका कुरा पुरा हुनेछन् । राजनीतिमा गुमेको स्थान फर्काउन सकिनेछ । भएका सन्तान बाट सहयोग र सन्तान नहुनेले प्राप्त गर्ने योग पनि परेको छ । घर जग्गा जोड्ने तरखरमा हुनुहुन्छ भने सजिलै प्राप्त हुनेछ । सवारी साधन जोड्ने अवसर पनि मिल्नेछ । लेखन मार्ग सफलता पूर्वक अगाडि बढ्नेछ । भाग्य बलियो छ । धर्ममा रुचि बढ्नेछ । ज्ञानको खोजीमा लाग्नेले सजिलै प्राप्त गर्नेछन् । प्रेम गर्नेहरुले आफुलाइ वैवाहिक मार्गमा अगाडि बढाउनेछन् । नयाँ प्रेमको आरम्भ पनि हुनेछ । महिला वर्गको सहयोग धेरै मिल्नेछ । परिवारजन हरु बाट र मित्रहरुबाट सोचे भन्दा बढिनै सहयोग मिल्नेछ । बौद्दिक कार्यमा संलग्न व्यक्तित्वहरुले राम्रो उन्नति गर्नेछन् । ज्येष्ठ, आश्विन, कार्तिक तथा फाल्गुन महीनामा गरेका कार्यहरु बढि फलदायी हुने भएकोले महत्वपूर्ण कार्यहरु त्यस बेलानै गर्नु उचित हुनेछ । शत्रु पराजय हुनेछन् । सामाजिक कार्यले अघि बढ्न प्रेरित गर्नेछ । श्रावण, मार्ग र चैत्र महीनामा समस्याहरु आउने भएकोले काम गर्दा बिचार गर्नु पर्नेछ । राहु प्रतिकूल भएकोले खर्च र विवाद बढ्न सक्छ त्यसैले सजग हुनुपर्ला ।।
मकर
बर्षको राशीफल मध्यम रहनेछ । बर्षको आरम्भ कालमा केही राम्रो भएपनि ज्येष्ठ महीना देखि गुरु प्रतिकूल हुने भएकोले चिन्ता बढ्नेछ । व्यापारमा प्रसस्त उतारचढाव आउनेछ । यात्रा गर्ने अवसर मिलेपनि यात्रा खर्चिलो हुनेछ । शत्रु बढ्नेछन् र झुठा आरोप पनि लाग्न सक्छ । मुद्दा मामला को सामना गर्नु पर्ला आर्थिक कठिनाइ र लेनदेनमा विवाद को सामना गर्नु पर्ला स्वास्थ्य कमजोर रहनेछ । लेनदेनमा विवाद बढ्नेछ । राहुको अनुकूलताले आम्दानि बढ्ने योग भएपनि पारिवारीक समस्यामा धन खति हुनेछ । आफन्त, परिवार र मित्र हरुले सताउने छन् । अरुको काममा समय वित्नेछ । जस पाउने सम्भावना कमै रहनेछ । अरुले गरेको गलत कार्यको दोष आफु माथि आउनेछ । विश्वास गरेकाले धोका दिनेछन् । प्रेममा समस्या आउनेछ । पति पत्नी वीचको सम्वन्ध मा बादल लाग्नेछ । नोकरीमा स्थान परिवर्तन हुने योग छ । बसाइँसराइको पनि संभावना छ । चोटपटक लाग्न सक्ने भएकोले सवारी चढ्दा चलाउदा बिचार पु¥याउनु पर्ला । मार्ग महीनादेखि शनि दशम भाबमा उच्च भै प्रवेश गर्ने भएकोले राजनीतिमा आफनु प्रभाव बढाउन सकिनेछ । नामले अघि बढेपनि कामको सफलता को लागि अरुलाई अगाडि सार्नु पर्नेछ।शनि र गुरुको परस्पर दृष्टिले बौद्दिक स्थान बलियो हुनेछ । गोपनीयता बर्ष भरिनै अपनाउनुहोला । आषाढ, मार्ग तथा चैत्र महीनामा प्रयास गर्दा धेरैकाम बन्नेछन् । महत्वपूर्ण कामहरु यसै समयमा गर्नु पर्नेछ । बैशाख, भाद्र तथा पौष मा निकै अप्ठ्यारो परिस्थिति को सामना गर्नु पर्ने भएकोले अति आवस्यक र दैनिक कार्य मात्र गर्नु उचित हुनेछ । सजगता बर्ष भरिनै अपनाउनु पर्नेछ ।।
कुम्भ
बर्षको ग्रहगोचर समग्रमा राम्रो रहनेछ । गुरुको अनुकूल प्रभाव बर्ष भरिनै रहने भएकोले धैर्यता अपनाउदा सफलता सोचे जस्तै मिल्नेछ । शनिको अढैया दोष कार्तिक भर रहने भएकोले चिन्ता आलस्यता र लेनदेनमा विवाद, झुटा आरोप लाग्न सक्ने भएकोले काम गर्दा बिचार पु¥याउनु जरुरि छ । आम्दानि राम्रै गर्न सकिनेछ । व्यापार व्यवसायमा गरेका प्रयास हरु फलदायी रहनेछन् । प्रेम गर्नेहरुले आफुलाई वैवाहिक मार्ग तिर अग्रसर गराउनेछन् । नयाँ प्रेमको प्रस्ताव अरुबाट आउनेछ । पति पत्नीको सम्वन्ध राम्रो बन्नेछ । भाग्यले पनि साथ दिनेछ । कर्म बलियोछ, नोकरि तथा राजनीतिमा आफ्नो दक्षता दर्शाउदै अरुलाई उछिन्न सकिनेछ । प्रशंसा गर्नेहरु प्रसस्तै हुनेछन् । वैदेशिक कार्यमा सोचेभन्दा बढिनै सफलता मिल्नेछ । आयात निर्यात कार्यमा लाग्नेले प्रसस्तै सफलता हाँसिल गर्नेछन् । पढाइमा सफलता पाउन कसरत गर्नुपर्नेछ । बसाइँसराइ को योग भएपनि परिवर्तन फलदायी हुनेछ । राहुको प्रतिकूल प्रभाव रहने भएकोले काम गर्दा बिचार पु¥याउनु जरुरि छ । पिता सँगको सम्वन्ध कमजोर र स्वास्थ्य स्थिति पनि प्रतिकूल हुनेछ । बैशाख, श्रवण तथा पौष महीना ग्रह बलिया छन् यो महीनामा महत्वपूर्ण कामहरु गर्न उचित हुनेछ । दीर्घकालिन सोचाइको काम यसैबेल गर्नुहोला सफलता मार्ग र पौषमा बढि मिल्नेछ । ज्येष्ठ, आश्विन र माघ महीनामा ग्रह प्रतिकूल हुनेभएकोले अति आवश्यक बाहेकका काम हरु नगर्नु उचित हुनेछ ।।
मीन
यो बर्ष ग्रहहरु कार्तिक सम्म निकै प्रभावशालि रहनेछन् । गुरुको अनुकूलताले मान सम्मान पाउने, शैक्षिक सफलता मिल्ने, वैदेशिक कार्यमा लाभ पाउने, विदेशी मुद्रा आर्जन हुने, प्रेममा सफलता पाउने र सन्तान लाभ हुने योग छ । वैवाहिक बन्धनमा बाँधिने प्रवल सम्भावना छ । नोकरीमा पदोन्नति र स्थानान्तरणका साथै आयमुलक स्थान पाउने योग छ । राजनीतिमा बौद्दिक स्थान बलियो हुनेछ । लेखन मार्ग फलदायी हुनेछ । जोस र जाँगर बढ्नेछ । सानै प्रयासले पनि ठूलोकाममा सफलता पाउनुहोला । घरेलु कार्यमा रुचि बढ्नेछ । घर जग्गा तथा सवारी साधन प्राप्ति हुनेछ । सन्तान प्राप्तिको पनि सम्भावना छ । सामाजिक कार्यबाट सम्मानित हुने योग छ । मार्ग पछि अढैया शनि ले प्रवेश गर्ने भएकोले स्वास्थ्य प्रतिकूल हुनगई आर्थिक संकट आउन सक्छ । लेन देनमा विवाद बढ्ने, शरीरमा चोटपटक लाग्ने, मन अशान्त हुने तथा झुठा आरोप हरु लाग्न सक्ने भएकोले गोपनीयतामा जोड दिनुहोला । दीर्घकालीन प्रभाव पर्ने कार्यहरुलाई अश्विन भित्रै सक्नु उचित हुनेछ । ज्येष्ठ, भाद्र तथा माघ महीनामा गरेका कार्यहरु फलदायी हुने भएकोले कामहरु त्यति बेलानै जोड दिनुहोला । आषाढ, कार्तिक तथा फाल्गुन महीना प्रतिकूल रहने भएकोले महत्वपूर्ण काम नगर्नु उचित हुनेछ । गुरुको अनुकूलता बर्ष भर रहने हुँदा संयम भए बर्ष भरिनै सफलता हासिल गर्न सकिनेछ । अरुको विश्वासमा भन्दा आफ्नो प्रयासमा जोड दिनुहोला ।
(स्रोत: ज्यो. ओजराज उपाध्याय लोहनी)
(स्रोत: ज्यो. ओजराज उपाध्याय लोहनी)
0 comments:
Post a Comment